1. परिचय
१.१ पृष्ठभूमि
४ नं प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक काठेखोला गाउँपालिका साविकका ८ गा.वि.स हरु ( पाला (१-५), सिगाना (६), भिमपोखरा, धम्जा, तंग्राम, बिहुँकोट, रेश र लेखानी) मिलेर ८ वटा वडाको एउटा गाउँपालिका बनेको छ। मध्यपहाडी लोकमार्ग यस गाउँपालिकाको मध्य भाग बाट गएको र बागलुङ जिल्लाको सदरमुकाम बाट पनि नजिक रहेको छ।

